बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका-११ स्थित एक घरको छतबाट खसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालकको उपचार भइरहेको छ । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीकाअनुसार गम्भीर घाइते सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय चालक दिलबहादुर थापा अप्रेसन थिएटरमा छन् । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेकाले पहिलो टाउकोको अप्रेसन सुरु गरिएको एसपी कार्कीले जानकारी दिए । ‘अवस्था गम्भीर रहेको र अहिले अप्रेसन थालिएकोले केही भन्नसक्ने अवस्था नरहेको उनको भनाई छ ।

चालक थापा रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए । ‘थापा राती ३ः५४ बजे खसेको सिसिटिभी फुटेजमा देखिन्छ । टाउको र खुट्टामा गम्भीर चोट लागेको छ,’ एसपी कार्कीले भने, ‘भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा पुर्‍याइएका छौँ । अवस्था गम्भीर रहेको टाउकोको अप्रेसन सुरु गरिएको छ ।’

सँगै सुतेका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको एसपी कार्कीले पुष्टि गरे ।

तपाईको प्रतिक्रिया