आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय भएको जानकारी दिएका छन् । केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गर्दै सांसद पद पनि खारेजीको लागि संसद् र निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको हो ।

व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ डिल गरेको अडियो सार्वजनिक भएको थियो। सो विषयले रास्वपा विवादमा तानिएको थियो । उनीमाथि कारबाहीको लागि रास्वपाले अनुशासन समितिलाई छानबिनको जिम्मा दिएको थियो । अनुशासन समितिको प्रतिवेदनकै आधारमा उनीमाथि कारबाही गरिएको बताइएको छ ।

ढाकाकुमारले कोर टिमलाई रकम बुझाउनुपर्छ भनेको विषयमा पत्रकारको जवाफ दिँदै लामिछानेले पार्टीको नीति नै भ्रष्टाचारको विरोध भएकोले त्यसलाई पुष्टी गर्न चुनौती दिए । ‘तथ्यसहित सार्वजनिक भए कोर टिम वा जो जो भए पनि कारबाही हुन्छ’ लामिछानेले भने ।

लामिछानेले यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पनि पार्टीले सदैव सहयोग गर्ने पनि बताए । उनले कोर टिम कसलाई भनिएको भन्नेबारे स्पष्ट जानकारी आएपछि जानकारी बोल्ने लामिछानेको भनाइ छ ।

तपाईको प्रतिक्रिया