आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपालमा धर्मनिरपेक्षताको राजनीतिक चलिरहेकोबेला थाइल्याण्डमा भने व्रम्हा, विष्णु र महेश्वर अंकित चाँदीको सिक्का निश्कासन गरिएको छ । त्यहाँको केन्द्रीय बैंकले उक्त सिक्का सार्वजनिक गरेको बताइएको छ ।

थाइल्याण्ड बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको मुलुक हो । तर पनि हिन्दू धर्मावलम्बीहरुले सबैभन्दा धेरै पूजाआरधना गर्ने व्रम्हा, विष्णु र महेश्वर त्रिदेवको अंकित चाँदीको स्मारिका सिक्का निश्कासन गरिएको छ । त्यहाँको राष्ट्रिय आर्थिक तथा सामाजिक विकास बोर्डको ५० औं वार्षिकोत्सवको अवसरमा उक्त चाँदीको सिक्का निश्कासन गरिएको हो ।

 

तपाईको प्रतिक्रिया