आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय ५० रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया