आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सरकारले शहीद घोषणा गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।

चैत ५ गते पहिचानवादीको आन्दोलनको क्रममा घाइते भएका धरानका पदमको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उक्त घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको थियो । कोशी सरकारले यसअघि लिम्बूको परिवारलाई ३ लाख राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो ।

धरान-१५ का लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए । उनी २०५२ देखि लिम्बूवान आन्दोलनमा थिए ।

 

तपाईको प्रतिक्रिया