आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – बुद्ध एयरको उडिरहेको जहाजमा झगडा गर्ने दुई यात्रु दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बुधबार विराटनगर-काठमाडौं उडानका क्रममा झगडा गरेर उडान सुरक्षामै प्रभाव पारेको भन्दै प्रहरीले उनिहरुलाई पक्राउ गरेर त्रिभुवन विमानस्थल कार्यालयले प्रहरीको जिम्मा लगाएको हो।

उनिहरुले जहाज उडिरहेकै बेला मुक्कामुक्क गरेका थिए । उनिहरुको झगडाका कारण बाँकी यात्रु त्रासमा थिए भने जहाजभित्रको अवस्था तनावपूर्ण बनेको थियो । पछि एअर होस्टेज र अरु यात्रुले सम्झाइबुझाइ गरेपछि अवस्था शान्त भएको थियो ।

जहाज उडानको समयमा भनाभनसँगै हातपात भएको जानकारी विमान चालकबाट आएपछि कारबाही अगाडि बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। ती यात्रुलाई गैरसैनिक हवाई ऐन २०१५ र नागरिक उड्डयन सुरक्षा नियमावली अन्तर्गतको कारबाही गर्ने तयारी गरेको उनले बताए। यदि दोषी देखिए कैद, जरिवानासँगै केही समयका लागि जहाज उडानमै प्रतिबन्ध लगाइने व्‍यवस्था रहेको उनले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया