Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को क्रमबद्ध तीन घटनाले निराशा बनाएको बताएका छन् । मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल एयरलाइन्सको क्रमबद्ध तीन घटनाले धेरैलाई निराशा बनाएको उल्लेख गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल वायुसेवा निगममा पछिल्लो समयमा भएका मलेसियाको नियमित फ्लाईट क्यान्सिल, दिल्लीमा जहाजको चक्कामा आएको समस्या, ११ घण्टा ढिलो गरी भएका उडान लगायतका शृंखलाबद्ध घटनाक्रमले धेरै महानुभावहरूलाई निराश बनाएका सन्देशहरू मलाई प्राप्त भएको छ ।’

यी घटनाले थप जिम्मेवार र समस्याप्रति अझ संवेदनशील बन्न प्रेरित गरेको उनले बताएका छन् । ‘मलाई यी घटनाहरूले निराश बनाएको छैन बरु थप जिम्मेवार र समस्याप्रति अझ संवेदनशील बन्न प्रेरित गरेको छ,’ उनले लेखेका छन् ।

मन्त्री किरातीले यो रोग पूरानो पीडा सहेर बस्न सक्ने स्थिति नभएको उल्लेख गरेका छन् । ‘हामी सबैलाई थाहा छ रोग पूरानो हो अब धेरै पीडा सहेर बस्न सक्ने स्थिति हामीलाई पटक्कै छैन,’ उनले लेखेका छन् ।

तपाईको प्रतिक्रिया