बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंककाअनुसार आज मंगलबार अमेरिकी डलर, युरोपियन युरोदेखि कतारी रियालसम्मको भाउ बढेको छ । यसअघि एकको खरिदमूल्य १३१ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ७७ पैसा रहेको अमेरिकी डलर आज बढेर खरिदमा १३१ रुपैयाँ ४४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४ पैसा पुगेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ५३ पैसा पुगेको छ । यसअघि भने युरोको भाउ १४२ रुपैयाँ २० पैसा र बिक्रीमा १४२ रुपैयाँ ८५ पैसा तोकिएको थियो ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ १० पैसा रहेकोमा आज बढेर खरिदमा ८८ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा पुगेको छ । यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९९ रुपैयाँ २१ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ २१ पैसा तोकिएको छ । त्यसैगरी जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ९२ पैसा रहेकोमा आज सामान्य घटेर खरिदमूल्य ९ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ९१ पैसा कायम भएको छ । त्यस्तै, चाइनिज युआन पनि सामान्य घटेर एकको खरिदमा १९ रुपैयाँ ८ पैसा र बिक्रीमा ९ रुपैयाँ १७ पैसामा झरेको छ ।

साउदी अरेवियन रियाल र कतारी रियालको भाउ भने आज बढेको छ । यसअघि एकको खरिदमूल्य ३४ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १० पैसा तोकिएको साउदी रियाललाई आज खरिदमा ३५ रुपैयाँ ४ पैसा र बिक्रीमा ३५ रुपैयाँ २० पैसा पुगेको छ भने एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा रहेको कतारी रियाललाई आज खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पुगेको छ । त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ८८ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९९ पैसा र बिक्रीमा १० रुपैयाँ ४ पैसा, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४३० रुपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५० रुपैयाँ २३ पैसा तोकिएको छ ।

विस्तृतमा हेर्नुहोस् :

 

तपाईको प्रतिक्रिया