आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

हामी के खाम्छौँ र कसरी खाम्छौँ, यसको प्रभाव हाम्रो छालामा देखिन्छ । यदि हाम्रो आहारमा एन्टिअक्सिडेन्ट, स्वस्थ बोसो, पानी र आवश्यक पोषक तत्त्वहरू छन् भने हाम्रो छालाले पनि स्वतन्त्र रूपमा सास फेर्न सक्नेछ । विज्ञहरूका अनुसार शरीर भित्र कुनै किसिमको समस्या भएमा यसको असर छालामा उमेर बढ्दै जाँदा देखिन थाल्छ ।

लोसन, क्रिम, मास्क र सीरम जस्ता महँगो उत्पादनहरू सतहमा मात्र काम गर्छन् जबकि हामीले छालालाई भित्रबाट स्वस्थ राख्न आवश्यक छ । विज्ञहरूका अनुसार छालाको चाउरी पना र बुढ्यौलीका लक्षणहरूसँग लड्न आहारमा फलफूल र तरकारीहरू समावेश गर्नुपर्छ। यी फलफूल र तरकारीहरू बेस्ट एन्टी एजिङ फ्रुट्स एण्ड भेजिटेबल हुन् ।

मेवा : एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सले भरिपूर्ण मेवा छालाको लागि वरदान हो । यसबाट एन्टी एजिङजस्ता समस्याहरू हटाउन सकिन्छ । यसमा भिटामिन ए, सी, के, ई, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, फस्फोरस पनि पाइन्छ । यसमा प्यापेन नामक इन्जाइम हुन्छ जसले प्राकृतिक एन्टी–इन्फ्लेमेटरी एजेन्टको रूपमा काम गर्छ । तपाईँ मेवा खान पनि सक्नुहुन्छ र फेस मास्कको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

सखरखण्ड : सखरखण्डमा बिटा क्यारोटिन नामक एन्टिअक्सिडेन्ट हुन्छ । जुन भिटामिन ए मा परिणत हुन्छ । भिटामिन ए ले छालालाई मर्मत गर्न र यसलाई चिल्लो र नरम राख्न मद्दत गर्दछ । यसमा भिटामिन ई र सी पनि प्रशस्त हुन्छ । बिहानको खाजामा सखरखण्ड खान सकिन्छ ।

पालक : सुपर हाइड्रेटिंग र एन्टिअक्सिडेन्टले भरिएको, पालकका धेरै फाइदाहरू छन् । यसले सम्पूर्ण शरीरलाई अक्सिजन दिने काम पनि गर्छ । यसमा भिटामिन ए, सी, ई र केसँगै म्याग्नेसियम, आइरन पनि पाइन्छ । पालकले छालाको फाइन लाइनहरू कम गर्न मद्दत गर्दछ ।

ब्रोकाउली : ब्रोकाउली एन्टी एजिङ पावर हाउस हो । भिटामिन सी र केसँगै यसमा फोलेट, ल्युटिन, क्याल्सियम र कोलाजेन प्रशस्त मात्रामा पाइन्छ। ब्रेकफास्टमा ब्रोकाउलीबाट बनेको डिश वा यसलाई सलादको रूपमा काँचो पनि खान सकिन्छ । ब्रोकाउली छालाका लागि मात्र नभई सम्पूर्ण शरीरका लागि स्वास्थ्यकर हुन्छ ।

ड्राई फ्रुट्स : ड्राई फ्रुट्समा भिटामिन ई प्रचुर मात्रामा पाइन्छ । जसले छालाको कोशिकालाई मर्मत गर्न मद्दत गर्छ । यसले छालाको आर्द्रता कायम राख्छ । साथै, छाला हानिकारक पराबैंगनी किरणहरूबाट सुरक्षित गर्छ । आहारमा नट समावेश गर्ने प्रयास गर्नुहोस् । चाउरी पना, फाइन लाइन्स र नीरसपनबाट मुक्त हुँदा मात्र छाला सुन्दर देखिन्छ । उल्लेखित तरकारी र फलफूलको सेवनले यी सबै समस्याबाट छुटकारा पाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया