Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

समाचार सुन्नुहोस् :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – कतार विश्वकप विजेता टोली अर्जेन्टिनाका लियोनेल मेसीले राष्ट्रिय टिमबाट १०० गोल संख्या कटाएका छन् । नेपाली समय अनुसार बुधबार बिहान सकिएको खेलमा काराकाओविरुद्ध ह्याट्रिक गर्ने क्रममा मेसीले यो दुर्लभ संयोग आफ्नो नाममा लेखाएका हुन् । मेसीले १७३ खेल खेल्दा गोलसंख्या १०२ पुर्याएका छन् । मेसीभन्दा अगाडि दुई जना खेलाडी मात्रै छन् ।

पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले १९८ खेलमा १२२ गोल गरेका छन् । इरानका अलि दाइ १४८ खेलमा १०९ गोल गरेर दोस्रो स्थानमा छन् । अब दोस्रो स्थानका दाइभन्दा मेसी ७ गोलले मात्रै पछाडि रहेका छन् । मेसीले काराकाओविरुद्ध खेलको २० औं मिनेटमा गरेको पहिलो गोलबाट राष्ट्रिय टिमका लागि १०० गोल पूरा गरेका हुन् । त्यसपछि ३३ र ३७ मिनेटमा मेसीले गोल गर्दा ह्याट्रिक पनि पूरा गरे ।
मेसीले खेलमा एक एसिस्टसमेत गरे ।

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले काराकाओविरुद्ध ७–० गोलको फराकिलो जीत पनि हात पार्यो । यस अघिको मैत्रीपूर्ण खेलमा मेसीले पानामाविरुद्ध फ्रिकिकबाट शानदार गोल गर्दै ९९ संख्या पुर्याएका थिए । मेसीकै प्रेरणामा २०२२ मा अर्जेन्टिनाले कतारमा विश्वकपको उपाधि उचालेको थियो । मेसीले प्रतियोगितामा ७ गोल गरेका थिए । मेसी विश्वकपको सर्वोत्कृष्ट खेलाडी पनि चुनिएका थिए ।

मेसीले २००५ मा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । १७ वर्षका अवधिमा मेसीले विश्वकप र कोपा अमेरिका जस्ता प्रतिष्ठित उपाधि दिलाउन प्रमुख योगदान गरेका छन् ।उनले २०१४ मा अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए । पटकपटक टिमलाई कोपाको फाइनलमा पुर्याए पनि उनी २०२१ मा भने यो उपाधि जित्न सफल भए ।

 

तपाईको प्रतिक्रिया