Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

काठमाडौं – नेपालमा करिव ३८ प्रतिशत परिवार सिमेन्ट कंक्रिटले छानो ढलान गरेको बलियो घरमा बस्ने गरेका छन् । राष्ट्रिय जनगणना, २०७८ अनुसार अहिले देशभरी ६६ लाख ६० हजार ८४१ घरपरिवार रहेका छन्, जसमध्ये २५ लाख १५ हजार ९३ परिवार पक्की छानो भएको घरमा बस्‍ने गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फलाम तथा टिनको जस्तापाताले छानो छाएका घरमा बस्‍ने परिवार ४१.९ प्रतिशत अर्थात् २७ लाख ९३ हजार ३४२ परिवार रहेका छन् । अझै पनि धेरै परिवार खर, पराल र छवालीको छानो भएको घरमा बस्‍ने गरेको जनगणनाको नतिजाले देखाएको छ । कुल परिवारमध्ये ३.९ प्रतिशत अर्थात दुई लाख ६० हजार ६ परिवार यस्तो घरमा बस्‍ने गरेका हुन् ।

टायलले छाएको घरमा बस्‍ने परिवार ६ लाख १३ हजार ९१२, ढुङ्वा–स्लेटले छाएको घरमा चार लाख ५ हजार ७७१, काठ वा फ्लेकले छाएको घरमा १८ हजार १९० परिवार र माटोले छाएको घरमा ४७ हजार ६४२ घरपरिवार बस्‍ने गर्छन् ।

१४ प्रतिशत परिवार भाडामा
नेपालमा रहेका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८६ प्रतिशत परिवार आफ्नै घरमा बस्छन् । ५७ लाख २८ हजार ५८६ परिवारमा आफ्नै स्वामित्वको घर छ । १४ प्रतिशत अर्थात ८ लाख ५० हजार ५६२ परिवार भाडाको घरमा बस्‍ने गछन् । कुनै संस्थाले उपलब्ध गराएको घरमा बस्ने परिवार ३६ हजार ८०९ र अन्य वैकल्पिक माध्यमबाट बस्‍ने परिवार ४४ हजार ८८४ रहेका छन् ।

७२ प्रतिशत आवासीय घर
नेपालभर कुल ७५ लाख ५२ हजार ६६ घर रहेको राष्ट्रिय जनगणनाले देखाएको छ, जसमध्ये ७१.७ प्रतिशत अर्थात् ५४ लाख १६ हजार ४१९ घर अवासीय प्रयोजनका रहेका छन् ।

यस्तै, व्यापारिक प्रयोजनका ३.१ प्रतिशत अर्थात् दुई लाख ३३ हजार १९०, सरकारी भवन २८ हजार १६२, शैक्षिक भवन ८४ हजार २३१, स्वास्थ्य संस्था १५ हजार २४४, उद्योग कलकारखानाका भवन ३२ हजार ३४४, बैंक तथा वित्तीय संस्थाका भवन ६ हजार ७१७, संस्थागत २४ हजार २६४, गोठ–धन्सार–मतान ७ लाख ६४ हजार ५९८ र अन्य ४ लाख ४३ हजार १९७ रहेका छन् ।

राष्ट्रिय जनगणना अनुसार कुल घरमध्ये ६.३ प्रतिशत अर्थात ४ लाख ७२ हजार ५१६ घर खाली रहेका छन् । पछिल्लो समय गाउँघरबाट शहर बजारमा बसाई सर्ने परिपाटीले धेरै गाउँ खाली हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया