समाचार सुन्नुहोस् :
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ। उनीहरूबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे।
भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले चैत ६ गते दाेस्राे पटक विश्वासकाे मत प्राप्त गरेपछि चैत १० गतेसम्म मन्त्रिमण्डल बिस्तार गर्ने दावी गरेका थिए। सत्तारूढ दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिमण्डल बिस्तार हुन नसकेकाे हाे। यसै कुरामा सहमति जुटाउन सभापति देउवा र प्रधानमन्त्री दाहाल छलफलमा जुटेका हुन्।