सोमबार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा सडक शिलान्यास गरेका छन् । गत मंसिर ४ मा आफू निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी-कटहरे-हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्रीले आज शिलान्यास गरेका हुन् ।बिमिरेमा आज भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत पनि उपस्थित थिए । २० किमी यो सडकखण्ड फराकिलो बनाएर कालोपत्र गर्ने योजना छ ।भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा यो सडक निर्माण गर्न लागिउको हो । सडक निर्माणमा ८० करोड रुपैयाँ बजेट छ । वुड हिल-लामा जेभी महाराजगन्जले ३० महिनामा सक्ने गरी यो सडक निर्माणको ठेक्का लिएको छ ।

तस्बिर: प्रधानमन्त्रीको सचिवालय

तपाईको प्रतिक्रिया