Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलाई समेट्दै राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । राष्ट्रिय टिमका प्रशिक्षक रोबेर्ट मार्टिनेजले रोनाल्डोलाई टिममा समावेश गर्दै २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

पोर्चुगलले युरो कप छनौट अन्तर्गत पहिलो राउण्डको खेलमा आगामी मार्च २४ मा लिएचटेनस्टेइनसँग र मार्च २७ मा लकजम्बर्गसँग खेल्दै छ । विश्वकपमा रोनाल्डोलाई बेन्चमा राखेपछि पोर्चुगलको टिममा ठुलो विवाद भएको थियो । सोहि विवादका बीच पोर्चुगल विश्वकपको क्वाटरफाइनलबाट बाहिरियो र तत्कालिन प्रशिक्षक फेर्नान्डो सान्तोषले राजीनामा दिएका थिए ।

त्यसपछि रोबेर्टो मार्टिनेज पोर्चुगलको प्रशिक्षक बनेका छन् । पोर्चुगलको टिममा लिभरपुलबाट खेल्ने डिओगो जोटा इन्जुरीबाट टिममा फर्किएका छन् । उनले घाइते भएपछि विश्वकप गुमाएका थिए ।

पोर्चुगलको टिम:

गोलकिपर: रुइ पाट्रीसियो, जोसे सा र डिओगो कोस्टा
डिफेन्डर : एन्टोनियो सिल्भा, डानिलो पेरेइरा, डिओगो लेइट, गोन्कालो इनासियो, जोआओ कान्सेलो, डिओगो डालोट, पेपे, नुनो मेन्डेज, राफेल गुएरेइरो, रुबेन डियाज ।
मिडफिल्डर: ब्रुनो फेर्नानडेज, जोआओ पल्हिन्हा, जोआओ मारिओ, म्याथ्युज नुनेज, ओटाभिओ, रुबेन नेभेज, भिटिन्हा, बेर्नान्डो सिल्भा ।
फरवार्ड: क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा, गोन्कालो रामोस, जोआओ फेलिक्स र राफेल लिआओं ।

तपाईको प्रतिक्रिया