काठमाडौं – खुट्टाको शल्यक्रिया (अप्रेसन) गरेर ट्रमा सेन्टरमा उपचाररत जसपा सांसद मोहमद अबदुल कलाम आजादले उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् ।
मधेस प्रदेशका राज्यमन्त्री समेत रहेका उनको हिजो ट्रमामा खुट्टाको शल्यक्रिया भएको थियो । बाथरुममा चिप्लिएर लडेका उनलाई एम्बुलेन्सको सहयोगमा मतदान केन्द्र बानेश्वरमा ल्याएर मतदान गराइएको हो ।
अपरेशन गरेपछि हिँड्न नसक्ने उनलाई ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा ल्याइएको हो। एम्बुलेन्सबाट झारेर उनलाई स्ट्रेक्चरमा मतदानस्थलसम्म पुर्याइएको छ ।