Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – भारतको राजधानी दिल्लीबाट कतारको राजधानी दोहा गइरहेको इन्डिगो एयरलाइनको उडानमा एक यात्रीको मृत्यु भएको छ ।

मेडिकल इमर्जेन्सी भएपछि उक्त विमानलाई पाकिस्तानको कराची विमानस्थल लगिएको थियो । विमानस्थलमा रहेको मेडिकल टीमले ती यात्रुलाई मृत घोषणा गरेको हो ।

उडानकै क्रममा ती यात्रुको स्वास्थ्य अचानक बिग्रिएको थियो । त्यसपछि विमानका पाइलटले कराची विमानस्थललाई मेडिकल इमर्जेन्सी परेको भन्दै अवतरणको अनुमति मागेका थिए ।

कराची विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले उक्त अनुमति दिएका थिए । मृत व्यक्ति नाइजेरियाका ६० वर्षीय अब्दुल्ला भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया