Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को श्रृंखलामा पपुवा न्यूगिनी (पिएनजी) ले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भयो । उसका लागि कप्तान असद भालाले २०, सेसे बाउले १८, चार्ल्स अमिनीले १६ र हिरी हिरीले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

पिएनजीलाई सस्तैमा समेट्नेक्रममा स्पिनर सन्दीप लामिछानेले सानदार बलिङ गरे । उनले १० ओभरमा एक मेडनसहित २५ रन दिएर ५ विकेट लिए । सन्दीपले तेस्रोपटक ५ विकेट लिएका हुन् । त्यस्तै, कुशल मल्ल, ललितनारायण राजवंशीले दुई/दुई र सोमपाल कामीले एक विकेट हात पारे । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले पिएनजीविरुद्ध गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो ।

सिरिजमा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । जारी श्रृंखलाको पहिलो खेलमा नेपालले पिएनजीलाई ५५ तथा दोस्रो खेलमा यूएईलाई १७७ रनले हरायो । नेपाल पिएनजीविरुद्ध पनि जित निकाल्दै शीर्ष तीनमा स्थान बनाउँदै सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवितै राख्न चाहन्छ ।नेपाल अहिले ३४ खेलबाट ३६ अंकका साथ तालिकाको चौथो स्थानमा छ । नेपालले ३४ मध्ये १७ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । पुछारमा रहेको पिएनजीले ३४ खेलबाट ९ अंक जोडेको छ । उसले अहिलेसम्म ५ मा जित, २८ मा हार तथा एक खेलमा अंक बाँडेको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया