Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौँ – माओवादी घटकहरूको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले केहीबेरमा बस्न लागेको सो बैठकमा सशस्त्र द्वन्द्वकालीन मुद्दा तथा सङ्क्रमणकालीन न्यायको बारेमा छलफल हुनेछ।

सर्वोच्च अदालतले द्वन्द्वपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिए पछि माओवादीले त्यसमा असहमति जनाएको छ ।सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो ।

गएको मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया