काठमाडाैँ – नेकपा एमालेले उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी नदिने भएकाे छ। एमालेले उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेकाे एक नेताले जानकारी दिए। आठ दलीय गठबन्धनले जनता समाजवादी पार्टी (जसपा)लाई उपराष्ट्रपति दिने सहमति भएको छ। जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
उपराष्ट्रपति उम्मेदवार बारेमा छलफल गर्न आज अपरान्ह ३ बजे जसपा कार्यकारिणी समितिकाे बैठक बस्दैछ। आजकाे बैठकले उपराष्ट्रपति उम्मेदवारबारे निर्णय गर्नेछ। उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ। उपराष्ट्रपति निर्वाचनका लागि यही फागुन २७ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ। जसपाका संघीय १४ र प्रदेशका २२ गरी कुल ३६ सांसद छन्।