Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौँ – आज अमेरिकी डलर २४ पैसाले उकालो लागेको छ। यसअघि बुधबार स्थिर रहेको अमेरिकी डलरमा आज वृद्धि भएको हो । विहीबार यसको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ। बुधबार भने अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ७६ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ३६ पैसा तोकिएको थियो। विहीबार युरोपियन युरो १ रुपैयाँ ३९ पैसाले घटेको छ। आज युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ। बुधबार युरोको खरिद मूल्य १३९ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य १४० रुपैयाँ ९ पैसा तोकिएको थियो।

यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७५ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा आज २ रुपैयाँ ५ पैसाले ओरालो लागेको छ। बुघबार यसको खरिद मूल्य १५७ रुपैयाँ ८ पैसा र बिक्री मूल्य १५७ रुपैयाँ ८० पैसामा किनबेच भइरहेको थियो। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ७८ पैसाले यसको मूल्य घटेको हो।

बुधबार अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ २५ पैसा र बिक्री ८७ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ २२ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको छ। बुधबार भने क्यानेडियन डलरको खरिदमूल्य ९५ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो।

यसैगरी विहीबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८ पैसा कायम गरिएको छ। विहीबारका लागि कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ११ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ७ पैसामा किनबेच हुनेछ। जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ५२ पैसा र बिक्री दर ९ रूपैयाँ ५६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया