काठमाडौँ – त्रिभुवन विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेको छ । काठमाडाैँबाट उडेको केही छिनमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गराइएको छ । तुरून्तै अवतरण गराइएकाेले जहाजका चालक दल र यात्रुहरू सुरक्षित रहेकाे जनाइएकाे छ ।
उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि काठमाडौंबाट उडान भरेको केही समयमै काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी लालमणि आचार्यले जानकारी दिए। नागरिक उड्यान प्राधिकरणका एक अधिकारीका अनुसार सुरूमा इन्जिनमा आगो लागेको भनेर आएको थियो, अहिले आगोको चेतावनी आएको भन्नेछ। उनले भने, ‘खास के भएको हो यकिन हुन बाँकी छ।’