काठमाडौं – आज हुने राष्ट्रपति निर्वाचनका लागि दुईवटा मतपत्रको व्यवस्था गरिएको छ। संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र उपलब्ध गराइने निर्वाचन आयोगले जनाएको छ।
रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने आयोगले जनाएको छ। हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइने आयोगका सहसचिव तथा प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए।