Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

काठमाडौं – तपाईंले सामाजिक सञ्‍जालतिर देख्नुभयो होला, विदेशमा अग्लो टावर वा खोँचमा सिसाको बाटोमा डराई डराई हिँडेका भाइरल भिडियोहरु । अझ छिमेकी देश चीनमा अग्ला खोँचमा स्काइवाक पुल धेरै बनाइएको छ ।

अग्लो टावर वा खोँचमा बनाइएको सिसाको बाटो/पुलमा हिँड्दा सिसा चर्किएर फुटेजस्तै देखिँदा मन झसंगै हुन्छ । ती भिडियोहरु देख्दा तपाइँलाई पनि पक्कै तल छर्लङ्ग देखिने अग्लो ठाउँमा बनाइएको सिसाको बाटोमा हिँड्ने रहर जाग्यो होला ।

यदि, त्यो रहर वा कल्पना गर्नुभएको छ भने तपाइँका लागि खुशीको खबर छ । १ वैशाखदेखि काठमाडौंको कमलादीमा स्काइवाक टावर सञ्‍चालनमा आउने भएको छ । १३.२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको ७८ मिटर अग्लो टावर नेपाली भवनको ढाँचाअनुसार झन्डै २८ तला बराबरको हुनेछ ।

टावरको ६८ मिटरमाथि सिसाको हिँड्ने बाटो बनाइएको हुन्छ, जहाँ विदेशमा जस्तै सिसामा हिँड्न पाइने छ । टावरभित्र राखिएको लिफ्ट जमिनको सतहदेखि सीधै ६८ मिटर माथि पुगेर रोकिनेछ । टावरको माथिल्लो भागको भुइँमा पारदर्शी सिसाले बनाइएको बाटोमा हिँड्दा आकाशमै हिँडेको जस्तो अनुभूति हुनेछ । सिसामाथि नै हिँड्ने र त्यहाँबाट काठमाडौंका दृश्यहरु हेर्न पाइने हुँदा धेरैको रोजाईमा पर्ने विश्‍वास लिइएको छ ।

अहिले संरचना निर्माणको काम सम्पन्‍न गरी फिनिसिङको काम भइरहेको छ । अहिले टावरको माथि सिसा राख्‍ने र अन्य फिनिसिङको काम भइरहेको छ । टावरको भुइँमा पार्किङ, बगैँचा र ३८ वटा सटर निर्माण गरिएको छ । सिसा राखिएको ठाउँमा एक पटकमा पाँच सय जनासम्म चढ्न सक्नेछन् । दुईवटा लिफ्टबाट एकैपटक २४/२४ जना मान्छे टावर चढ्न सक्नेछन् ।

टावरको बिचमा सय जना अटाउन रेष्टुरेन्ट सञ्‍चालनमा आउनेछ । मनोरञ्जनका लागि नाइट क्लब पनि सञ्‍चालन हुने टावरमा १० वटा कोठा, मिटिङ हलसमेत हुनेछ । सिसाको टावरमा १५० कार र र ५ सय बाईक अटाउने पार्किङ हुनेछ ।

तपाईको प्रतिक्रिया