टोकियो – जापानको आसाका प्रान्तमा कार दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । ओसाकाको एक अस्पताल नजिकै भएको दुर्घटनामा ७० र ८० वर्षीया दुई महिलाको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार कार चालक ७१ वर्षीय दक्षिण कोरियाली नागरिक ओह चाङ सुलाई घटनास्थलमै पक्राउ गरिएको छ । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सिसिटिभी फुटेजमा देखिएअनुसार कार फुटपाथमा पसेर अस्पतालमा दुर्घटना हुनुअघि गलत दिशामा गएको थियो ।