Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि सुर्खेत पुगेका अध्यक्ष नेपालले  प्रशिक्षणको क्रममा यस्तो बताएका हुन् ।

ओलीले राष्ट्रपति जस्तो पदमा आधा-आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको उनको दाबी छ । मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो । ‘नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ’, उनले भने, ‘यसमा माओवादी केन्द्र त छँदैछ ।’

जससँग गठबन्धन गर्दै आयौं त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए। आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताएका उनले संविधान, संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको बताए । उक्त सन्दर्भमा उनी विसं २०७५ गठन भएको नेकपा ब्यूँताउनुपर्ने कुरा आफूले राख्दै आएको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया