Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौँ – नेप्से परिसूचकमा आज सोमबार सामान्य अङ्कको गिरावट देखिएको छ । यो दिन नेप्से ३.६५ अङ्कले घटेर दुई हजार २३.५४ को बिन्दुमा कायम भएको हो । आज २५९ वटा कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता शेयर ३७ हजार ३३८ पटक खरिद–बिक्री हुँदा एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

होटल तथा पर्यटन समूह ४३ दशमलव ८१, म्युचुअल फन्ड समूह ०.०७, निर्जीवन बीमा समूह ७.२७, व्यापार समूह १२.६५ र अन्य समूह ११.८० अङ्कले बढेको छ । आज लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै ३९.३८ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह १.३८, विकास बैंक समूह १३.०८, वित्त समूह २८.४७ र जलविद्युत् समूह ७.४१ अङ्कले घटेको छ । लगानी, जीवन बीमा र उत्पादन समूहको उपसूचकमा क्रमशः ०.३४, ८.९६ र २३.३७ अङ्कको गिरावट देखिएको पनि नेप्सले जनाएको छ ।

आजको कारोबारपछि सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ९.७३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गिरावट भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य ६.४३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको छ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

तपाईको प्रतिक्रिया