Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरावेदन निवेदनमाथि सुनुवाइ आइतबारबाट भएको हो । आइतबार बहस नसकिएपछि सो मुद्दाको सुनुवाइ (आज) सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

धरौटी धेरै भएको, क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने भन्दै सन्दीपले दायर गरेको निवेदन र उनीविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरावलोकन निवेदनमा सुनुवाइ भएको थियो । बहस लम्बिएपछि सो मुद्दामा आज पनि सुनुवाइ हुनेछ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त बन्द इजलासमा यो मुद्दाको सुनुवाइ भएको थियो । पीडितको पक्षबाट दुई जना सरकारी वकिल तथा कानुन व्यवसायीले बहस गरेका थिए । महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले बहस गरेका थिए । उच्च अदालतको धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने उनीहरूले माग गरेका छन् । उनीहरूले कसको के योगदान छभन्दा पनि अपराध के हो भनेर हेर्नुपर्नेसमेत बताएका छन् । सन्दीपलाई थुनामै राखेर मुद्दा चलाइनुपर्ने सरकारी वकिलले तर्क गरेका छन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया