काठमाडौं – राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उम्मेदवार बन्ने भएलगत्तै पौडेल रवि निवास पुगेका हुन् । रविलाई भेटेर पौडेलले आफूलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेको बताइएको छ ।
पौडेलले आजै राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने छन् । उता नेकपा एमालेले पनि राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।