Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्षी नेपाली कांग्रेससहित संसदका ४ दलले राष्ट्रपतिमा साझा उम्मेदवार उठाउने बताएका छन् । आफूहरू सहमति नजिक पुगेको नेताहरूले दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको ४ दलको बैठकले राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

‘सबै दलको तर्फबाट दाबी पेश गर्ने कुरा भएको छ, आ आफ्नो पार्टीमा छलफल गरेर हामी एउटा साझा निष्कर्षमा पुग्छौँ,’ थापाले भने । महामन्त्री थापाले शुक्रबार नै साँझ ५ बजे पुन: बैठक बस्ने जानकारी दिए। ‘५ बजे पुन: बैठक बस्छौं। त्यो बैठकबाट टुंगोमा पुग्छौं,’ थापाले भने। बैठक साढे ३ घण्टा चलेको थियो ।बैठकमा नेपाली कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने माधव नेपालको नाम अगाडि सारेको स्रोतको दाबी छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ ।

 

तपाईको प्रतिक्रिया