काठमाडौ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एक कार्यक्रममा सहभागी हुन बिहीबार बंगलादेश प्रस्थान गरेका छन् ।बिहीबार मध्यान्ह १२:४० बजे विमान बंगलादेश एयरलाइन्सबाट बंगलादेशको राजधानी ढाका गएको उनको सचिवालयले जनाएको छ। ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बंगलादेशमा मानव अधिकारको अवस्था’ सम्मेलनमा अतिथिका रूपमा भाग लिन खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।
खनालसँगै उनीकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडा र पार्टीका केन्द्रीय सदस्य ताजमहम्मद मियाँ पनि कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । नेता खनालले आज शुक्रबार उक्त कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यस्तैगरी खनालले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि भेटवार्ता गर्ने तालिका रहेको छ । उनीहरुबीच आज शुक्रबार नै भेटवार्ता हुने जानाइएको छ । त्यसका अलावा अन्य उच्चस्तरिय भेटघाट पनि हुने जाइएको छ ।