Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – नेकपा (एमाले)ले राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्नका लागि सचिवालय बैठक आह्वान गरेको छ । एमालेले फागुन १३ गते बिहान ९ बजेका लागि बैठक बोलाएको हो । आगामी १३ गते राष्ट्रपति पदका लागि उमेदवारी मनोनय हुँदै छ ।

नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस राष्ट्रपतिको निर्वाचनमा मिलेर जान सहमति नजिक पुगेका छन् । बिहिवार माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बसेर सो विषयमा छलफल गरेका थिए ।

एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामै राष्ट्रपति आफूले पाउने सहमति गरेको दाबी गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपति चयन राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने खडान लिँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया