आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दाको पेशी शुक्रबार (भोलि)का लागि तोकेको छ । लामिछानेले बिहीबार (आज) सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी शुक्रबारका लागि तोकेको हो ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका हुन् । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

एक दिवसीय मान्यता जोगाइराख्न संघर्षरत नेपालले केही समयपछि युएईमा हुने क्रिकेट खेल्न सन्दीप जान नमिल्ने भएपछि उनले सर्वोच्चमा निवेदन दिएका हुन् । उक्त निवेदनको शुक्रबार पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया