Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – आज (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भारी गिरावट देखिएकाे छ । आज नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ विन्दुमा बन्द भएको हो। हिजो (बुधबार) भने नेप्से ३३.५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । लघुवित्त समूह नराम्ररी घट्दा त्यसकाे प्रभाव नेप्से परिसूचकमा पनि परेकाे छ । आज अधिकांश लघुवित्तकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

 

तपाईको प्रतिक्रिया