Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न अड्कलबाजी चलिरहेको समयमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावअघिको पाँचदलीय गठबन्धन ब्युँतिने टुंगो नलागेको बताएका छन् । राष्ट्रपतिको उम्मेदवार पनि फागुन १३ गते मात्रै टुंगो लाग्ने उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि पत्रकारले सोधेको प्रश्नमा उनले राष्ट्रपतिको उम्मेदवार टुंगो लागिनसकेको बताएका हुन् ।

‘राष्ट्रपतिको उम्मेदवार १३ गते टुंगो लागिहाल्छ नि,’ प्रचण्डले हिँड्दाहिँड्दै जवाफ दिए । पुरानो गठबन्धन ब्युँतिन लागेको हो भन्ने प्रश्नमा प्रचण्डले केही टुंगो नलागेको बताए ।फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा उम्मेदवारी मनोनयन हुँदैछ । अहिलेसम्म उम्मेदवारको टुंगो लागेको छैन । प्रचण्डसँगको भेटपछि नेता नेपालले आजै साँझ ४ बजे पुनः छलफल गर्ने बताए ।

 

तपाईको प्रतिक्रिया