काठमाडौँ – आगलागीमा घाइते भई उपचारारत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुदैँ गएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा. अमोल मात्रेका अनुसार एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ । उनका अनुसार ५ लिटर अक्सीजनमा मात्र राखिने भनिएता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने पारामिटरहरु नर्मल रहेको छ ।
पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन् । ‘डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ म संग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नुभयो,’ मुम्बईमा रहेका योगराज कडेँलले भने ।
गत बिहिबार शंखमुलस्थितमा निवासमा ग्याँस लिक हुदाँ आगलागीमा परेर गम्भिर घाइते भएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भिर घाइते भएकी उनकी आमाको भने निधन भएको थियो ।