आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – आईसिसी विश्वकप लिग २ मा नेपालले ऐतिहासिक जित हात पारेको छ । राजधानीमा जारी त्रिकोणात्मक सिरिजका चार वटा खेलमा लगातार जित हात पारेपछि नेपालले ऐतिहासिक जित हात पारेको हो ।

नेपालले मंगलबार कप्तान रोहित पौडेल र पूर्वकप्तान सन्दीप लामिछानेको सानदार खेलबाट लिग विजेता स्कटल्याण्डलाई पराजित गरेको छ । टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको नेपालवले सन्दीप लामिछानेको उत्कृष्ट बलिङका माध्यमबाट २१२ रनमा रोक्न सफल भएपछि मध्यम लक्ष्य पछ्याएको थियो ।

२१३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालको सुरुवात खासै उत्कृष्ट नभए पनि कप्तान रोहित पौडेलले उत्कृष्ट पारी खेलेपछि ऐतिहासिक जित हात पार्यो । नेपालले उक्त लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गर्दै नेपाललाइ ठूलो जित दिलाए । उनले ९५ रन बनाए । उनलाई करण केसीले उत्कृष्ट साथ दिँदै नेपाललाई महत्वपूर्ण जित दिलाए । केसीले ३१ रन बनाए ।

नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेललाई १ रनमै गुमाएको नेपालले त्यसपछि आशिफ शेख र ज्ञानेन्द्र मल्ललाई सस्तैमा गुमायो । आशिफले १२ रन बनाए पनि ज्ञानेन्द्र मल्लले २१ रन बनाएर आउट भए ।

त्यस्तै नेपालका कुशल मल्लले १७ रन बनाउँदा सन्दीप जोरा १ रन बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए । त्यस्तै नेपालका लागि सोमपाल कामीले २ रन बनाए भने सन्दीप लामिछानेले ९ रन बनाए । त्यसपछि कप्तान रोहित पौडेल र करण केसीको जोडीले नेपालको पारी सम्हाल्दै नेपाललाई जित दिलाए ।

स्कटल्यान्डका लागि मार्क वाटले ३ विकेट लिए भने क्रिस ग्रिभ्सले २ विकेट हात पारे । त्यस्तै ब्रान्डन म्यामुलने, सफ्यान शरिफ र माइकल लिस्कले १÷१ विकेट हात पारे । त्यसअघि स्कटल्यान्डका जर्ज मुन्सेको विस्फोटक ६० रन बनाए । म्याथु क्रसले ४२ रन बनाउँदा ब्रान्डन म्यक्मुलेनले ३१ रन बनाए भने क्याले कोट्जर र क्रिस्टोफोर मेकब्राइडले २२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए भने करण केसीले ८.१ ओभरमा ४२ रन खर्चिएर ३ विकेट हात पारे । नेपालका लागि ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिए ।

तपाईको प्रतिक्रिया