आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – नेपाललाई स्कटल्याण्डविद्धको जितका लागि २१३ रनको लक्ष्य पाएको छ । स्कटल्याण्डले पहिले ब्याटिङ गर्दै ४६.१ ओभरमा २१२ रन बनाउँदै अलआउट भएको छ ।

स्कटल्याण्डलाई सस्तैमा समेट्न नेपालका स्टार बलर सन्दीप लामिछानेले ४ विकेट हात पारेका छन् । त्यस्तै करण केसीले ३ विकेट हात पार्दा ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिएका छन् ।

स्कटल्यान्डका एक ब्याट्म्यान भने रनआउट भएका थिए । स्कटल्यान्डका जर्ज मुन्सीले विस्फोटक पारी खेल्दै ५० बलमा ६० रन बनाए । उनलाई सन्दीप लामिछानेले क्लिनबोल्ड गरेका थिए ।

तपाईको प्रतिक्रिया