आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्ध स्कटल्याण्डले पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटको रूपमा स्कटल्याण्डले थोमस म्याकिन्टोसलाई २१.३ ओभरमा व्यक्तिगत एक रनमा गुमाएको हो । उनलाई पनि नेपाली टोलीका प्रमुख बलर सन्दीप लामिछानेले आउट गरे । लामिछानेले काएल कोएट्जर (२२), जर्ज मुन्शे (६०) र कप्तान रिची बेरिङ्टन (०) को विकेट पनि लिइसकेका छन् । उनले ६ ओभर बलिङ गर्दा ३६ रन दिएर महत्वपूर्ण ४ विकेट लिएका छन् ।

स्कटल्याण्डको चौथो विकेट भने कुशल मल्लले लिए । उनले क्रिस्टोफर म्याकब्राइडलाई २२ रनमा आउट गरे । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले २४ ओभरमा ५ विकेट गुमाएर १२९ रन बनाएको छ । जारी सिरिजको अन्तिम खेलमा पनि नेपालले टस जितेर पहिले बलिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । स्कटल्याण्डविरुद्ध नेपालले युवा अलराउन्डर गुल्शन झालाई विश्राम दिँदै स्पिनर ललितनारायण राजवंशीलाई मौका दिएको हो ।

तपाईको प्रतिक्रिया