Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री महिला राष्ट्रिय टि–२० प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । सेमिफाइनलमा सुदुरपश्चिमले मधेस प्रदेशमाथि ११४ रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

इटहरीको जनता क्रिकेटपार्कमा भएको खेलमा कविता कुवँर र कप्तान विन्दु रावलले १२८ रनको ओपनिङ साझेदारी गरेका थिए । टस जितेर पहिला ब्याटिङ गरेको सुदुरले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १८० रन बनाएको थियो । उसका लागि कविता कुँवरले सर्वाधिक ७० रन बनाइन भने कविता जोशीले ३२ रन योगदान गरिन् । कप्तान विन्दु रावल ६० रनमा अविजित रहिन् ।

मधेसका भुमि सिंह र साना प्रविनले सुदुरको एक एक विकेट लिए । सुदुरले दिएको १८१ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले निर्धारित ओभरमा ८ विकेट गुमाउँदा ६६ रनमात्र बनाउन सक्यो । मधेसका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । प्रतिमा साहले सर्वाधिक १९ रन बनाउँदा सिमा कुँवरले १६ र अलिसा यादवले १४ रन बनाइन् ।

सुदुरपश्चिमका मनिषा चौधरी र ऋतु कनौजियाले समान दुई दुई विकेट लिँदा कविता कुँवर र स्नेहा महराले एक एक विकेट लिए । सुदुरपश्चिमकी कविता कुवँर खेलको प्लेयर अफ दि म्याच घोषित भइन् । सुदुर पश्चिमले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा एपीएफ र प्रदेश १ ले आजै खेल्नेछन् ।

 

तपाईको प्रतिक्रिया