Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको रिहाइ प्रक्रिया सुरूसँगै उनका वकिल सरोजकुमार घिमिरेले क्याप्टेनमा पुनर्वहाली गर्न क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) लाई सुझाव दिएका छन् । खेलको विषयलाई लिएर उच्च अदालतको आदेशमा केही नभनेकोबारे पत्रकारको जिज्ञासामा घिमिरेले खेलको विषयमा आदेश गर्नुपर्ने कुनै आवश्यक नै नरहेको बताए ।

‘खेलको विषयमा आदेश गर्नुपर्ने आवश्यक नै छैन । सन्दीप थुनामा परेकाले सस्पेन्सन गरेको । थुना बाहिर भएकाले क्यानले क्याप्टेनसिप फिर्ता दिनुपर्ने हुन्छ । हेर्नुस् न क्रिकेट कुन अवस्थाबाट गुज्रिएको छ । सिरियसली नै क्यानले क्रिकेटलाई महत्वपूर्ण लिन्छ भने उनलाई क्याप्टेनको रूपमा लिनुपर्छ । दोषी त करार भइसकेको छैन ‘, घिमिरेले भने ।सन्दीपलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरेसँगै पाटन उच्च अदालतले उनलाई सर्तसहित २० लाख धरौटीमा छाड्ने आदेश दिइसकेको छ ।

‘धरौटीको रकम परिवारले जम्मा गर्दै हुनुहुन्छ । उच्चबाट फायल जिल्लामा गएपछि पत्र लिएर आउने र स्वास्थ्य जाँच हुनेछ । तारेख लिने काम हुन्छ । साढे २ बजेसम्ममा उनी छुट्छन्’, घिमिरेले जानकारी दिए । अदालतको सर्तबारे सन्दीपलाई जानकारी गराएको पनि उनले बताए । ‘महत्वपूर्ण सर्त छन् । सन्दीपले पालना गर्नुपर्ने हुन्छ । यस्तो अपराधमा यो युनिक आदेश हो ।’

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया