Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – फिफाले जारी गरेको नयाँ वरियतामा ब्राजिल शीर्ष स्थानमा कायम रहेको छ । हालै विश्वकप जितेको अर्जेन्टिना फिफा वरियतामा दोस्रो स्थानमा उक्लिएको छ । अर्जेन्टिना यस अघि फिफा वरियतामा तेस्रो स्थानमा रहेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विश्वकपको उपविजेता रहेको फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ । फ्रान्स यस अघि चौथो स्थानमा रहेको थियो । यसअघि दोस्रो स्थानमा रहेको बेल्जियम चौथो स्थानमा झरेको छ भने इङल्याण्ड पाँचौँ स्थानमा कायमै रहेको छ ।

यसअघि आठौँ स्थानमा रहेको नेदरल्याण्ड छैटौँ स्थानमा उक्लिएको छ । त्यसैगरी यस अघि १२औँ स्थानमा रहेको क्रोएसिया सातौँ स्थानमा उक्लिएको छ । क्रोएसिया विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो ।

छैटौँ स्थानमा रहेको इटाली आठौँ स्थानमा छ भने पोर्चुगल नवौँ स्थानमा रहेको छ । त्यस्तै यसअघि सातौँ स्थानमा रहेको स्पेन १०औँ स्थानमा रहेको छ । त्यस्तै यसअघि २२औँ स्थानमा रहेको मोरक्कोले छलाङ मार्दै ११औँ स्थानमा उक्लिएको छ । मोरक्कोले विश्वकपमा चौथो स्थान हासिल गरेको थियो । नेपाल भने यसअघिकै १७५औ स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया