Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – कतारमा भएको २०२२ को विश्व विजेता बनेर अर्जेन्टिना फुटबल टोली स्वेदश फर्किएको छ। मंगलबार विशेष विमानबाट राजधानी बुनोज एरिजमा ओर्लिएका खेलाडीहरुलाई अर्जेन्टिनाले भव्य स्वागत गरेको छ। अर्जेन्टिनी समर्थकहरूले यो क्षणको प्रतीक्षा ३६ वर्ष गर्नुपर्‍यो ।विमानबाट पहिला कप्तान लियोनल मेस्सी विश्वकप ट्रफी लिएर ओर्लिएका थिए। विमानस्थलमा हजारौं उत्साही फ्यानले उनलाई स्वागत गरेका थिए । मेस्सी आफ्नो हातमा विश्वकप ट्रफी लिएर उडानबाट उदाउँने पहिलो व्यक्ति थिए, यो मात्र उपाधि हो जसले उसलाई आफ्नो उत्कृष्ट करियरमा गुमाएको थियो।त्यसपछि खेलाडीहरुलाई ‘ओपन टप डेक’ बसमा राखेर नगर परिक्रमा गराइयो । उनीहरुलाई स्वागत गर्दा बुनोज एरिजमा लाखौं अर्जेन्टिनी नागरिक सडकमा ओर्लिएका थिए । निलो र सेतो रंगको जर्सी लगाएका समर्थकहरुको भिड सडकमा बढ्दै गयो। खेलाडीहरु उनीहरुसँगै जितको खुशी साट्दै अघि बढे ।अर्जेन्टिनाको स्थानीय मिडियाहरुका अनुसार खेलाडीहरुको स्वागतका लागि करिब ४० लाख मानिस राजधानीको विभिन्न क्षेत्रमा भेला भएका थिए। आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया