Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैँ – कतार विश्वकपको ‘व्यावसायिक सफलता’ पछि फिफाले हरेक तीन वर्षमा विश्वकप गर्नुपर्ने विषयमा छलफल अगाडि बढाएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप फिफाका लागि ‘व्यावसायिक’ रूपमा सर्वाधिक सफल विश्वकप भएको भन्दै फुटबलको विश्वव्यापी प्रभावलाई मध्यनजर गर्दे हरेक तीन वर्षमा विश्वकप आयोजना गर्ने बारेमा लङ टम योजना बनाएर कार्यन्वयन गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका हुन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२०२५ को क्लब विश्वकपका विषयमा छलफल गर्नका लागि भएको बैठकमा अध्यक्ष इन्फान्टिनोले उक्त धारणा सार्वजानिक गरेका थिए। उनले क्लब, खेलाडी र अन्तर्राष्ट्रिय फुटबल संघहरू समक्ष हरेक ४ वर्षमा हुने विश्वकपका बारेमा पुनर्विचार गर्दै फुटबलको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउन हरेक ३ वर्षमा विश्वकप आयोजना गर्नुपर्ने धारणा राखेका हुन्। अध्यक्ष इन्फान्टिनाेले जाडो महिनामा आयोजना भएको यो विश्वकप गेम चेन्जर सावित भएको बताए। उनले युरोपमासमेत यसकाे लोकप्रियता उत्कर्षमा पुगेको भन्दै पछिल्लो एक महिनामा विश्वमा फुटबलको नयाँ आयामहरू देखिएको बताए।

कतार विश्वकपमा खेलाडी बढी चोटिल भएको तथा थाकेका रिपोर्टहरू सार्वजनिक भइरहँदा फिफाले ऐतिहासिक रकम कलेक्सन गरेको थियो। प्रतियोगिताबाट ६.२ बिलियन पाउन्ड बराबरको राजस्व संकलन भएको थियो। रुसमा २०१८ मा ८४० मिलियन पाउन्ड संकलन भएको थियो। यद्यपि २०३० को विश्वकपसम्म यो परिवर्तन सम्भव हुने सम्भावना कमजोर रहेको छ। किनकि फुटबलका २०२४ देखि २०३० सम्मको क्यालेन्डर लगभग तयार भइसकेको छ। तर यो विषय चर्चा सुरु भएसँगै फिफाले चाहेमा भने परिवर्तन सक्ने सम्भावना बलियो बनेको छ।

यो पनि पढ्नुहोस : मेस्सीको विश्वकप ट्रफीको पोष्ट बन्यो इन्स्टाग्राममा सबैभन्दा बढी लाइक गरिएको फोटो

तपाईको प्रतिक्रिया