Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – कतारले विश्वकप फुटबलका लागि बनाएका मध्ये ‘स्टेडियम ९७४’ भत्काउन थालेको छ । विश्वकपका लागि कतारले आठ वटा अत्याधुनिक प्रविधियुक्त रंगशाला बनाएको थियो । पहिलो चरणमा अस्थायी रूपमा निर्माण गरिएको ‘स्टेडियम ९७४’ भत्काउने काम सुरु भएको हो ।

विश्वकप इतिहासमा प्रतियोगितापछि रंगशाला हटाउन लागेको यो नौलो घटना मानिएको छ । ४० हजार दर्शक क्षमताको यो रंगशालामा समूह चरणदेखि सात वटा खेल भएका थिए । पहिलो खेल नोभेम्बर २२ मा मेक्सिको र पोल्याण्डबीच भएको थियो भने अन्तिम खेलमा प्रि–क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाबिच भएको थियो । याे रंगशालाकाे निर्माण ९७४ वटा पानीजहाजका कन्टेनर र मोडुलर स्टिलको प्रयोग गरेर बनाइएको छ ।

विश्वकप जस्ता ठूला खेलकुद समारोहको आयोजनापछि रङ्गशालाको प्रयोग कम हुने तर ती संरचनालाई यथावत राख्न ठूलो धनराशीको खर्च हुने भएकाले भत्काउने निर्णय गरिएको हो । आयोजक कतारको एउटा निकाय सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) का अनुसार फिफासँगको समन्वयमा बढी भएका कुर्सीहरू अरु देशलाई अनुदानका रूपमा दिइनेछ । त्यस्तै ४० हजार दर्शक क्षमता रहेको एजुकेसन सिटी रङ्गशालाको पनि २० हजार कुर्सी हटाइनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया