Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । संस्थापनइतर पक्षकाे लामो छलफल पश्चात पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री थापाले उम्मेदवारी दिने सहमती भएको हो ।

कांग्रेस संसदीय दलको नेतामा संस्थापनइतर समुहका नेता डा.शेखर कोइराला र महामन्त्री थापा दुवै आकांक्षी रहेकाले सहमती जुटाउन सकस परेको थियो । सोमबार र मंगलबार दुई दिन भएको लामो छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।

आज बिहान ८:३० बजेदेखि ११:३० बजेसम्म लैनचौरस्थित एम्बास्डर होटलमा बसेको कांग्रेसको संस्थापनइतर समूहको बैठकले कोइराला समूहबाट एक जना मात्रै उम्मेदवार बनाउने निष्कर्ष निकालेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए ।

 

तपाईको प्रतिक्रिया