Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – ब्राजिलका महान फुटबलर पेलेले गएराति कतारमा सम्पन्न २२ औं संस्करणको फिफा विश्वकपमा विजेता अर्जेन्टिनालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत तेस्रोपटक विश्वकप उपाधि जितेको अर्जेन्टिना र कप्तान लियोनल मेस्सीलाई बधाई दिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पेलेले अर्जेन्टिनाको जितमा दिवंगत भइसकेका डिएगो म्याराडोना हाँसिरहेको हुनसक्ने पनि बताएका छन् । ‘आज फुटबलले सधैंझैँ कथा भन्ने क्रमलाई निरन्तरता दिएको छ’, उपचाररत पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘मेस्सीले पहिलो विश्वकप जितेका छन्, जसका लागि उनी योग्य थिए । बधाई छ अर्जेन्टिना, डिएगो (म्याराडोना) हाँसिरहेका छन् ।’

अर्जेन्टिनालाई सन् १९८६ मा च्याम्पियन बनाउन म्याराडोनाको भूमिका अहम् थियो । विश्व फुटबलमा म्यारोडोना र पेलेमध्ये को सर्वोत्कृष्ट भन्ने विवाद हाल पनि छ । म्याराडोनाको २५ नोभेम्बर २०२० मा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया