Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
काठमाडौँ – फिफा विश्वकप अन्तर्गत आज सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा क्रोएसियाले मोरोक्कोलाई हराएको छ। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलअन्तरले हराएको हो।

खेलको ७ औं मिनेटमै जोस्को ग्भारडिओलको गोलमा क्रोएसियाले खेलमा अग्रता बनाएको थियो। तर, त्यसको दुई मिनेट नबित्दै एचरफ डारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा ल्याए। प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाका लागि दोस्रो गोल मिस्लाभ ओर्सिचले ४२ औं मिनेटमा गरे। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा क्रोएसिया फिफा विश्वकप २०२२ को तेस्रो स्थानमा रहन सफल भयो।

यी दुई टोली एउटै समूहबाट समूहविजेता र उपविजेता बन्दै आएका हुन्। समूह ‘एफ’ मा यसअघि भिड्दा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका थिए। अन्तिम १६ मा क्रोएसियाले जापानलाई र क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएको थियो। सेमिफाइनलमा भने अर्जेन्टिनासँग ३-० गोलअन्तरले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो। अर्कोतर्फ अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको मोरोक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोलअन्तरले हराएको थियो। सेमिफाइनलमा भने फ्रान्ससँग २-० गोलअन्तरले पराजय ब्यहोरेको थियो।

विश्वकपको उपाधिका लागि आइतवार अर्जेन्टिना र फ्रान्स  भिड्दैछन्।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया