Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – कतार विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । पहिलो पटक कतारमा भएको विश्वकप फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यमा छ । यता फ्रान्स पनि लगातार दोस्रो पटक गरी समग्रमा तेस्रो पटक उपाधि जित्ने योजनामा छ ।

विश्व फुटबलकै महाकुम्भको विजेता टोलीले कति पुरस्कार पाउँछ भन्ने चर्चा हुन्छ । विश्वकपमा विजेता टोलीसँगै अन्य टोलीले पनि पुरस्कार पाउँछन् । विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउँछ । कतारमा विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछ । सन् २०१८ मा फ्रान्सले पाएको विश्वकपको पुरस्कारभन्दा ४ मिलियन धेरै हो ।

अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाब गर्दा नेपाल राष्ट्र बैंकअनुसार शनिबारको अमेरिकी डलरको बिक्री मूल्य अनुसार करिब ५ अर्ब ५६ करोड ६१ लाख ४६ हजार ६०० हुन्छ । यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात् नेपाली रकम ३ अर्ब ९७ करोड ५८ लाख १९ हजार पाउने छ ।

तेस्रो हुने टिमले २७ मिलियन अर्थात् ३ अर्ब ५७ करोड ८२ लाख ६० हजार पाउँदा चौथो हुने टिमले २५ मिलियन अर्थात् ३ अर्ब ३१ करोड ३१ लख ८२ हजार ५०० रुपैयाँ पाउनेछन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया