आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – काठमाडाैं महानगरपालिकाले आफ्नाे माेबाइल एप ‘काठमाडाैं मेट्राेपाेलिटन – कामनपा’ काे बेटा भर्सन सार्वजनिक गरेकाे छ । हिजो २८औं महानगरपालिका दिवसकाे उपलक्ष्यमा मेयर बालेन्द्र शाहले एपकाे उद्घाटन गरे । महानगरले स्मार्टपालिकासँगकाे सहकार्यमा नागरिकहरुलाई डिजिटल प्रविधिकाे माध्यमबाट सेवा दिने उद्देश्यलाई साे एप ल्याएकाे हाे । एपबाट महानगरपालिकाकाे सुचना तथा जानकारी, सिफारिस आदि प्राप्त गर्न सकिन्छ ।

त्यस्तै एपमा भएकाे ‘हेल्लाे मेयर’ बाट नागरिकले मेयरसँग भर्चुअल कुरा गर्न सक्छन् । साथै ‘जनगुनासाे’ बाट नागरिकले आफ्नाे जनगुनासाेहरु राख्‍न सक्छन् ।बेटा भर्सनमा सार्वजनिक भएकाे एपबाट वडा कार्यालयले दिने १७१ भन्दा बढी सिफारिसका काम गर्न सकिने स्मार्टपालिकाका क्याम्पेन डिरेक्टर बिबस महतले जानकारी दिए । उनका अनुसार यस फिचरबाट अब नागरिकले वडा कार्यालय नगई एपबाट नै सिफारिस लिनसक्ने भएका छन् ।

यस सुविधा प्रयाेग गर्नका लागि नागरिकले एपबाट सिफारिसका लागि अनुराेध गर्नुपर्छ । त्यसपछि सम्बन्धित वडाअध्यक्ष र सचिवले हेरेर सिफारिसमा डिजिटल सिग्नेचर गर्ने उनी बताउँछन् । हाल यस एप एन्ड्राेइड मात्र उपलब्ध छ । अब चाँडै नै आईओएसमा पनि उपलब्ध हुने बताइएकाे छ । एप डाउनलाेड गर्न  यहाँ क्लिक गर्नुहाेस्

 

तपाईको प्रतिक्रिया