काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा गोल्डेन बुट दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अग्रता कायमै राखेका हुन् । गएराति सम्पन्न मोरक्कोविरुद्धको सेमिफाइनल खेलमा फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल गर्न नसक्दा मेस्सीले अग्रता कायमै राखेका हुन् । मोरक्कोविरुद्ध एमबाप्पेले एक गोल गरेको भए मेस्सी पछि पर्ने सम्भावना थियो ।
सेमिफाइनल सकिँदासम्म यी दुवै स्टारले समान ५ गोल गरेका छन् । यद्यपि असिस्ट बढी गरेकाले मेस्सी गोल्डेन बुट दौडमा शीर्ष स्थानमा छन् । मेस्सीले ६ खेलमा ५ गोलका साथै तीन असिस्ट गरेका छन् । त्यस्तै, एमबाप्पेले ६ खेलमा ५ गोल गर्दा दुई असिस्ट गरेका छन् । अब फाइनल खेलले गोल्डेन बुट हात पार्ने खेलाडीको टुंगो लगाउनेछ ।